Sagun Khabar
सुदूरपश्चिममा विभिन्न समूहका ४४ जना कर्मचारीको सरुवा

कैलाली –सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न सेवा समूहका ४४ जना कर्मचारीको सरुवा गरेको छ ।

बुधबार बसेको प्रमुख सचिवस्तरीय बैठकको निर्णय अनुसार इन्जिनियरिङ सेवा, वन, स्वास्थ्य र सामान्य प्रशासन सेवा समूहका गरेर ४४ जना कर्मचारीको सरुवा गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाअनुसार इन्जिनियरिङ सेवा तर्फ ९÷१० तहका चार जना, वन सेवातर्फ ९÷१० तहका चार जना, स्वास्थ्य सेवातर्फ ९÷१० तहका एक जनाको काज फिर्ता र प्रशासन सेवा, सामान्य प्रशासन समूह अधिकृतस्तर ७ र ८ तहका ७ जना कर्मचारीको सरुवा गरिएको छ ।

Atrya hospital

यस्तै, प्रशासन सेवा÷सामान्य प्रशासन समूह तह ५ र ६ तर्फका २४ जना, चौँथो र पाचौँ तहका चार जना कर्मचारीको पनि सरुवा भएको छ ।

इन्जिनियरिङ सेवा तर्फ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डोटीका इन्जिनियर ग्रीष्म थापाको कैलाली, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुलाका इन्जिनियर डम्बरप्रसाद धितालको कैलाली र कैलालीका अमरबहादुर पालको जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय डडेल्धुरा सरुवा भएको छ भने डडेल्धुरामा कार्यरत इन्जिनियर श्रीरामरथ खरेललाई जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुला पठाइएको छ ।

वन सेवा समूहतर्फ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा कार्यरत वन अधिकृत कृष्णदत्त भट्टको डिभिजन वन कार्यालय धनगढी सरुवा भएको छ भने धनगढीमा कार्यरत प्रमुख वन अधिकृत रामचन्द्र कँडेललाई डिभिजन वन कार्यालय पहलमानपुर पठाइएको छ ।

डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामविचारी ठाकुरको डिभिजन वन कार्यालय कञ्चनपुर सरुवा हुँदा त्यहाँ कार्यरत भीमप्रसाद कँडेललाई डिभिजन वन कार्यालय डडेल्धुरा पठाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

स्वास्थ्य सेवातर्फ प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख १० औँ तहका वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिष्ट डाक्टर निरज अर्यालको काज फिर्ता गर्दै सेती प्रादेशिक अस्पतालमै पठाइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update