Sagun Khabar
जयसिंह धामीको न्यायका लागि हस्ताक्षर संकलन अभियान शुरु 

दार्चुला –भारतीय एसएसबीले तुइन काटिदिँदा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि दार्चुलामा हस्ताक्षर संकलन अभियान शुरु भएको छ । मौलिक जरोकिलो पार्टीको आयोजनामा शैल्यशिखरमा हस्ताक्षर संकलन अभियान शुरु भएको हो । 

बेपत्ता भएका धामीको न्यायका लागि ८ बुँदे माग राख्दै हस्ताक्षर संकलन अभियान शुरु गरिएको मौलिक जरोकिलो पार्टीका शैल्यशिखर संयोजक तोयराज जोशीले बताए । सोमबार ४३० जनाको हस्ताक्षर संकलन गरिएको उनले बताए । मंगलबार पनि अभियान जारी रहने बताइएको छ । 

Atrya hospital

मौलिक जरोकिलो पार्टीले घटनाको स्वतन्त्र र निष्पक्ष छानबीन हुनुपर्ने, छानबीनमा स्थानीय जनता र सञ्चार माध्यमका आवाज समेट्नुपर्ने, घटनाका दोषीलाई कारवाहीका लागि कुटनीतिक पहल गर्नुपर्ने, झोलुंगे पुल निर्माण अलपत्र छोड्ने ठेकेदारलाई कारवाही हुनुपर्ने माग राखेको छ । 

यस्तै अबिलम्ब झोलुंगे पुल निर्माण हुनुपर्ने, खलंगा–तिंकर सडकलाई राष्ट्रिय गौरवको आयोजनामा राखी यथाशीघ्र निर्माण गर्नुपर्ने र सीमा क्षेत्रका नागरिकलाई गास,बास,कपास, शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा सहुलियत दिनुपर्ने माग गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १९:४९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update