Sagun Khabar
बाजुरामा मोटरसाइकल दुर्घटना चालकको मृत्यु 

बाजुरा –बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको जगन्नाथ गाउँपालिका–५ भुकाखोला नजिकै गए राति कर्णाली प्रदेशको ४८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सान्नी त्रिवेणी गाउँपालिका–८ मुम्रा कालिकोटका २९ वर्षीय मोटरसाइकल चालक खेमराज बुढाको मृत्यु भएको हो । 

Atrya hospital

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बाजुराको जगन्नाथ गाउँपालिका–४ नाराकोटका ३७ वर्षीय खडक भण्डारी घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

घाइते भण्डारीको उपचार भइरहेको छ । मृतकको शवलाई कालिकोट पठाइएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update