Sagun Khabar
कैलालीमा साढे ४ लाखको अवैध सामानसहित ६ जना भारतीय पक्राउ

कैलाली –कैलालीमा साढे चार लाख बढिको अवैध सामानसहित ६ जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट भन्सार छली गरि ल्याइएको सामान बरामद गरेको हो ।

Atrya hospital

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले भारतसँग जोडिएका नाकाबाट भन्सार छली गरी ल्याइएको चार लाख ६५ हजार ८१० रुपैयाँ बराबरको सामान बरामद गरिएको जानकारी दिए ।

अवैध सामानसहित भारतको लखिमपुर खिरी तिकुनिया गाउँ ३० वर्षीय गुल्ला सिंह लगायतका ६ जनालाई समेत पक्राउ गरिएको उनले बताए । 

पक्राउ पर्नेमा ४५ वर्षीय ईब्राहिम खान, २१ वर्षीय सुसिल कुमार, २६ वर्षीय अमिल खान, २५ वर्षीय समिर खान र २६ वर्षीय साहिल खान रहेका छन् । उनीहरुलाई कारवाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

बरामद सामानमध्ये टीकापुर नगरपालिका–८ को बटनपुरबाट मात्र तीन लाख ९० हजार बराबरको सुर्तीन्य पदार्थ, जुत्ता, चप्पल, माला, साइकल लगायतका सामान रहेको छ भने धनगढी उपमहानगरपालिका–४, १२ र १५ बाट ७४ हजार ९८० रुपैयाँ बराबरको कपडा र बच्चाका खेलौनाहरू बरामद गरिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update