Sagun Khabar
सय दिनमा लक्ष्यको ७० प्रतिशत प्रगति भएको प्रधानमन्त्री ओलीको दाबी (पूर्ण पाठसहित)

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गर्ने लक्ष्य लिएको कामहरूमध्ये ७० प्रतिशत काम गरेको दाबी गरेका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सम्बोधन गर्दै उनले सरकारको सय दिनको उपलब्धी सार्वजनिक गर्दै ७० प्रतिशत प्रगति भएको दाबी गरेका हुन् । उनले सरकार बनेकै दिनदेखि विरोध सुरू भएको पनि बताए ।

अहिले साम्प्रदायिक विद्वेष, घृणा र परस्पर बेमेलको वातावरण पैदा गरेर नेपालको राष्ट्रिय एकतालाई बिथोल्ने र प्रतिगमनतर्फ लैजाने प्रयास पनि भइरहेको पनि प्रधानमन्त्री ओलीले बताए । तर नेपाल र नेपालीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य नभएको उनको भनाइ छ ।

Atrya hospital

सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह पनि फैलाउने गरिएको भन्दै उनले यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला भएको दाबी गरे । उनले सरकार ढल्छ भन्ने आशा नगर्न विपक्षीलाई अनुरोध गरे । उनले जुनसुकै कालखण्डको भए पनि भ्रष्टचारीमाथी कारबाही हुने बताए ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update