Sagun Khabar
कैलालीको धनगढीमा दुई लाख मुल्यको अवैैध चिनीसहित दुई जना पक्राउ

कैलाली –कैलालीको धनगढीबाट दुई लाख मुल्यको अवैैध चिनीसहित २ जना पक्राउ परेका छन् । 

सोमबार राति सशस्त्र प्रहरी बलको टोलीले दुई लाख मुल्यको अवैध सामानसहित दुई जनालाई पक्राउ गरेको हो । 

Atrya hospital

धनगढी उपमहानगरपालिका–१८ फुलवारीस्थित थापाघाट सीमा इलाकाको बाटो हुँदै भारतबाट अवैध रुपमा भित्र्याइएको दुई सय ५० किलो चिनी र चिनी बोक्न प्रयोग गरिका मोटरसाइकल तथा तीनवटा साइकल बरामद गरिएको छ ।

सशस्त्र प्रहरी निरीक्षक धनबहादुर नाथको कमाण्डमा खटिएको टोलीले चिनी तस्करीमा संलग्न धनगढी उहानगरपालिका–१८ का सुरज बिष्ट र २९ वर्षीय हरिष विकलाई पक्राउ गरेको छ । 

चिनीसहित दुवैजनालाई भन्सार कार्यालय त्रिनगरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update