Sagun Khabar
सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको १ लाख ६५ हजार रुपैयाँ पुग्यो 
Atrya hospital

काठमाण्डौ – सुनको भाउले फेरि अर्को कीर्तिमान बनाएको छ । हिजो तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो एकैदिन चाँदीको भाउ ९५ रुपैयाँले बढेको थियो ।

मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिले भाउ बढेको हो ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update