Sagun Khabar
बाजुरामा अरिङ्गालको टोकाइबाट एकजनाको मृत्यु 

बाजुरा –बाजुरामा अरिङ्गालको टोकाइबाट एकजनाको मृत्यु भएको छ । अरिङ्गालको टोकाइबाट घाइते भएका बडीमालिका नगरपालिका–५ का ६० बर्षीय डम्मरबहादुर साउँदको उपचारका क्रममा मृत्यु भएको हो । 

गएको असोज २५ गते अरिङ्गालले टोकेर घाइते भएका साउँदको भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचार भइरहेको थियो । उपचारका क्रममा साउँदको दश दिनपछि मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताए ।

Atrya hospital

असोज २५ गते घरबाट करिब आधा घण्टाको दूरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठमा नजिकै अरिङ्गालले बनाएको घार भत्काउन खोज्दा साउँदलाई अरिङ्गालले टोकेको थियो । 

साउँदको जिल्ला अस्पताल बाजुरा हुँदै सेती प्रादेशिक अस्पातलमा समेत उपचार सम्भव नभएपछि भारत लगिएको थियो । 

उक्त घटनामा स्थानीय ६५ वर्षीय अङ्गे बडुवालको घटनास्थलमै मृत्यु भएको थियो । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update