Sagun Khabar
धनगढीमा १२ जुवाडे पक्राउ 
Atrya hospital

कैलाली –धनगढीमा १२ जना जुवाडे पक्राउ परेका छन् । 

धनगढी उपमहानगरपालिका–१ पशुपती टोलमा कमल मल्लको टिनले छाएको १ तले घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय कमलराज अधिकारीसहित १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई वडा प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नगद २७ हजार ६५ रुपैयाँ र १ गड्डी ताससहित पक्राउ गरेको हो । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update