Sagun Khabar
बैतडीमा पनि भब्यका साथ मनाइयो ६९ औँ प्रहरी दिवस

बैतडी- बैतडीमा पनि ६९ औँ प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । ‘साइबर सुरक्षा, आजको आवश्यकता’ भन्ने मुल नाराका साथ बुधबार आज प्रहरी दिवस मनाइएको हो । जिल्ला प्रहरि कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रको प्रमुख अध्यक्षतामा श्रद्धाञ्जली तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

प्रहरी दिवसको अवसमा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने प्रहरी, १३ जना उत्कृट काम गर्ने प्रहरी र पुर्व प्रहरीहरुलाई सम्मान समेत गरिएको जिल्ला प्रहरि कार्यालय बैतडीका प्रबक्ता प्रहरि निरिक्षक जनकराज ढुगांनाले बताए । अमर प्रहरीको शालिकमा माल्यार्पण गर्दै उनिहरुप्रति श्रद्धाञ्जली अर्पण समेत गरेको ढुंगानाले बताए । 

Atrya hospital

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा प्रमुख अतिथि रहेका थिए । कार्यक्रमका प्रमुख अथिती तथा प्रमुख जिल्ला अधिकारि शर्माले संगठनको कुनै एक व्यक्तिका कारण समग्र प्रहरी संगठन बदनाम हुने हुँदा कुनैपनि प्रहरी कर्मचारीले संगठनको गरीमामा आँच आउने काम नगर्न निर्देशन दिएका छन् । 

संगठनले कसैको भनसुनका आधारमा भन्दा पनि आफ्नो ऐन,नियम तथा कानुनका आधारमा चल्नुपर्ने बताए । हरेक चौकीमा रहेका प्रहरी कर्मचरीलाई एक वर्षमा परिवर्तन गर्नुपर्ने उहाँको राय थियो । जनताको शान्ति सुरक्षाका लागि सिमित श्रोतसाधनका बावजुत दिनरात खटीने सच्चा प्रहरीलाई समेत यस्ता घटनाले चोट पुग्ने हुँदा प्रहरीले संयमित भएर आफ्नो भुमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । 

कार्यक्रममा उपस्थित भुतपुर्व प्रहरी कर्मचारीहरुले समाजको शान्ति सुरक्षाका लागि आफुहरुलाई पनि संगठित गरी अगाडी बढ्नुपर्ने धारण राखेका थिए । प्रहरीचौकीलाई जग्गादान गर्ने तथा अमर प्रहरीहरुका परिवारलाई समेत सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख डिएसपी मकेन्द्र मिश्रले बताए । 

उक्त कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकाय प्रमुखहरु, समाज सेवी, पूर्व प्रहरी संगठनका पदाधिकारीहरू, पुर्व प्रहरी र प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update