Sagun Khabar
सुदूरपश्चिममा २११ छात्रा जबरजस्ती करणीको सिकार
Atrya hospital

सुदूरपश्चिम प्रदेशमा २ सय ११ छात्रा जबरजस्ती करणीको सिकार बन्न पुगेका छन्। आर्थिक वर्ष २०७७र७८ देखि आर्थिक वर्ष २०७९र८० सम्म मात्र सुदूरपश्चिममा २ सय ११ छात्रा जबरजस्ती करणीको सिकार बन्न पुगेको पाइएको छ। छात्रा जबरजस्ती करणीमा संलग्न रहेको भन्दै ७६ जना विरुद्ध मुद्दा नै दायर गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले उपलब्ध गराएको तथ्यांक अनुसार सो अवधिमा विभिन्न व्यापारमा संलग्न २४ महिला समेत जबरजस्ती करणीमा परेका छन्। व्यापार व्यवसायमा आवद्ध तर जबरजस्ती करणीमा परेका ती महिलाहरुले १६ जना विरुद्ध प्रहरीमा निवेदन नै दर्ता गरेको पाइएको छ। यस्तै ७ महिला कर्मचारी समेत जबरजस्ती करणीमा परेको पाइएको छ। पीडित महिला कर्मचारीको तर्फबाट २२ जना विरुद्ध प्रहरीमा उजुरी परेको छ।
 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update