Sagun Khabar
डडेल्धुरा प्रहरीले गर्‍यो किशोरी हत्याका आरोपितलाई सार्वजनिक
Atrya hospital

डडेल्धुरा – डडेल्धुरामा एक किशोरी हत्यामा संलग्न आरोपि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अमरगढी नगरपालिका–७ पोखरा बजारकी १४ वर्षीय आरती भट्टराईको हत्यामा संकलग्न आरोपितलाई पक्राउ गरेर सार्वजनिक गरेको हो। प्रहरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आरतीको हत्या गरेको आरोपमा पोखरा बजारमै पुस्तक पसल सञ्चालन गर्दै आएका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई सार्वजनिक गरेको छ। आरतीको शुक्रवार प्लास्टिकमा बेरिएको अवस्थामा शव फेला परेको थियो। असोज २५ गते दिउँसो ४ बजे घरबाट मिल गएकी आरती घर नआएपछि परिवारले खोजीकार्य गरेका थिए। त्यसपछि हिजो ९शुक्रबार० प्लास्टिकमा बेरिएको अवस्थामा शव फेला परेपछि उक्त शव आरतीको भएको खुलेको थियो।

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update