Sagun Khabar
दार्चुलामा स्क्रबटाइफसका बिरामी बढ्दै 
Atrya hospital

दार्चुला –दार्चुलामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । यही साउन दोस्रो सातादेखि हालसम्म आठ जनामा स्क्रबटाइफसको संक्रमण देखिएको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालका अनुसार तीन स्थानीय तहका छ महिला र दुई पुरुषमा स्क्रबटाइफसको संक्रमण देखिएको हो ।

मालिकार्जुन र व्यास गाउँपालिकामा एक÷ एक  र महाकाली नगरपालिकाका छ जना स्क्रबटाइफसको संक्रमण देखिएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए । उपचारका लागि पुगेका व्यक्तिको आरडिटी जाँच गर्दा स्क्रबटाइफसको लक्षण देखिएको उनले बताए।

गत वर्षमा जिल्लाभरि ३४ जनामा स्क्रबटाइफस देखिएको थियो । चिकित्सकका अनुसार ‘माइट’ नामक किर्नाको टोकाइबाट स्क्रबटाइफस हुने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । 

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update