Sagun Khabar
बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय ३९ पुग्यो 
Atrya hospital

काठमाण्डौ – अघिल्लो हप्ताको बाढीपहिरो र डुबानमा परी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ३९ जना पुगेको छ ।

अझै १८ जना बेपत्ता रहेका छन् । बेपत्ता भएकाहरुको निरन्तर खोजी भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । विपद्का कारण एक सय ७८ जना घाइते भएका छन् ।

बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ । राहत तथा सहायता परिचालन र अवरुद्ध सडक खुलाउने गरी काम भइरहेको गृह प्रवक्ता तिवारीले बताए ।
 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ०९:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update