Sagun Khabar
सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घट्यो
Atrya hospital

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ । आज सुनको भाउ पाँच सयले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १५ रुपैयाँले घटेर तोलाको एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update