Sagun Khabar
बाढी,पहिरो र डुबानबाट मृत्यु हुनेको सङ्ख्या दुई सय १७ पुग्यो

काठमाण्डौ – अविरल वर्षाका कारण आएको बाढी÷पहिरो र डुबानका कारण मृत्यु हुनेकोसङ्ख्या अहिलेसम्म दुई सय १७ जना पुगेको छ । पछिल्लो विवरण अनुसार अझै २८ जना बेपत्ता छन् । प्राकृतिक विपदका कारण एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले बताए । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको गृहका प्रवक्ता तिवारीले जानकारी दिए ।

Atrya hospital

यस्तै सरकारले बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आजदेखि तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा हिजो बेलुका बसेको बैठकले आजदेखि तीन दिन राष्ट्रिय शोक घोषणा गरी राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको सम्बन्धित निकायले जनाएका छन् ।  
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update