Sagun Khabar
प्रधानमन्त्री ओली स्वदेश फिर्ता 

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सहभागी भई आज दिउँसो स्वदेश फर्किएका छन् । 

प्रधानमन्त्री ओलीको स्वागतका लागि सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  पुगेका थिए । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सम्मान गारत अर्पण गरेको थियो ।

Atrya hospital

प्रधानमन्त्री ओली राष्ट्रसङ्घको महासभामा भाग लिन यही असोज ४ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क गएका थिए । उनले महासभालाई यही असोज १० गते सम्बोधन गरेका थिए । 

भ्रमण टोलीमा प्रधानमन्त्रीका साथमा उनकी श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत थिए ।
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १७:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update