Sagun Khabar
अपडेट : बाढीपहिरो र डुबानबाट मृत्यु हुनेको संख्या १ सय ९२ पुग्यो 
Atrya hospital

काठमाण्डौ – बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या एक सय ९२ पुगेको छ । ३० जना अझै बेपत्ता छन् । एक सय ९४ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।

बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई अहिलेसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद प्रभावितको उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको पनि सरकारको भनाइ छ ।
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update