Sagun Khabar
सय दिने बिशेष अभियानका लागि सुदूरपश्चिममा कांग्रेसले खटायो ४३ जना प्रतिनिधि 

कैलाली –नेपाली कांग्रेस सुदूरपश्चिमले ३२ प्रदेशसभा क्षेत्रमा ४३ जना प्रतिनिधि खटाएको छ । पार्टीको सय दिने विशेष अभियान सफल बनाउन कांग्रेस सुदूरपश्चिम प्रदेश पदाधिकारीको बैठकले ४३ प्रतिनिधि खटाउने निर्णय गरेको हो । 

केन्द्रले शुरु गरेको सय दिने बिशेष अभियानलाई सफल बनाउन प्रतिनिधि खटाइएको प्रदेश समितिका प्रवक्ता सुरतबहादुर रावतले बताए । 

Atrya hospital

कांग्रेसले पार्टीका सबै संगठनलाई सक्रिय बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिनका लागि कांग्रेसले बिशेष अभियान सञ्चालन गर्न लागेको हो । 

अभियान अन्तर्गत बैठक सम्मेलन, अभिमुखीकरण लगायतका कार्यहरु गरिने कांग्रेसले जनाएको छ । बैतडीमा अभियानका लागि तेजबहादुर चन्द र जनक बिष्टलाई खटाइएको नेपाली कांग्रेस सुदूरपश्चिमले जनाएको छ । 
पौष १६ गतेभित्र तोकिएका कार्यहरु सम्पादन गर्ने गरी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले प्रतिनिधिहरु खटाएको हो ।  
 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १३:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update