Sagun Khabar
बाढी पहिरोबाट देशभर ९९ जनाको मृत्यु, ७२ जना बेपत्ता
Atrya hospital

काठमाण्डौ – वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ । ७२ जना बेपत्ता भएका छन् । कम्तीमा एक सय जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाण्डौ उपत्यकामा ४८ जनाको ज्यान गएको छ । जसमा काठमाण्डौमा २५, ललितपुरमा १८ र भक्तपुरमा पाँच जनाको ज्यान गएको हो ।

मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकबाट ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिए । उद्धार गरिएकामध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन् ।  
 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०७:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update