Sagun Khabar
बाढीपहिरोमा परेर ६० जनाको मृत्यु 
Atrya hospital

काठमाण्डौं – अविरल वर्षासँगैको बाढीपहिरोमा परेर देशभर ६० जनाको मृत्यु भएको छ । यस्तै ६४ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरीले देशका विभिन्न स्थानमा बाढी पहिरोमा परेर सो सङ्ख्याका मानिसहरूको मृत्यु भएको पुष्टि गरेको हो । 

सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढी–पहिरोमा परेर पाँचथरमा ५, धनकुटामा २, काठमाडौँमा ११, भक्तपुरमा ५, ललितपुरमा १८, काभ्रेमा १४, धादिङमा १ सिन्धुपाल्चोकमा २ र दोलखामा २ जनाको मृत्यु भएको छ । यस्तै घटनामा ३४ जना घाइते समेत भएका छन् । 

शुक्रबार अपराह्न ४ बजेदेखि हालसम्म यो सङ्ख्यामा मृत्यु र बेपत्ताको विवरण सशस्त्र प्रहरीले सार्वजनिक गरेको हो । सोही अवधिमा २ हजार १०३ जनाको सकुशल उद्धार समेत गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update