Sagun Khabar
सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको १ लाख ६० हजार चार सय रुपैयाँ 
Atrya hospital

काठमाण्डौ – सुनको भाउ तोलामा एक लाख ६० हजार रुपैयाँ नाघेको छ । भाउ बढेर सुनले आज पनि कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ५९ हजार सात सय रुपैयाँ थियो । हिजोको तुलनामा तोलामा सात सय रुपैयाँले बढेको हो । पछिल्लो केही दिनयता सुनको भाउ निरन्तर बढिरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार नौ सय १५ रुपैयाँ रहेको थियो ।
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update