Sagun Khabar
रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरे : शंकर पोखरेल 

कैलाली –नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरेको आरोप लगाएका छन् । धनगढीमा प्रेस चौतारी, नेपालले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सहकारी प्रकरणको अनुसन्धानमा लामिछानेले गलत प्रचार गरेको र अनुसन्धान प्रभावित पार्ने काम गरेको आरोप लगाएका हुन् । 

लामिछानेबाट अनुसन्धान रोक्ने प्रयासहरू भएका महासचिव पोखरेलले बताए । कानुनी राज्यमा अनुसन्धानलाई प्रभावित गर्ने काम गर्न नहुने उनले बताए । गोर्खा मिडियामा सहकारीहरूबाट ६५ करोड बढी रकम गैरकानुनी रूपमा आएको उनले बताएका छन् । गोर्खा मिडियाका प्रबन्ध निर्देशक रहदा पूर्व गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अनुसन्धानलाई निसर्त सहयोग गर्नुपर्ने पोखरेलले जोड दिएका छन् । 

Atrya hospital

सहकारीको रकम कम्पनी सञ्चालनमा खर्च गर्नु गैरकानुनी भएकाले रवि लामिछानेमाथि पनि कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडी बढेको महासचिव पोखरेलले बताए । 

सहकारीको रकम हिनामिनाका लागि टेलिभिजन सञ्चालन गरिएको उनले आरोप समेत लगाएका छन् । सहकारी प्रकरणमा लामिछानेलाई क्लिन चिट नदिइएको उनको तर्क थियो ।  उनले सहकारीको रकम हिनामिनाको विषयमा थप अनुसन्धान प्रहरीले गर्दै आएको बताएका छन् । संसदीय समितिले कानुन अनुसार कारबाही गर्न भनेकाले उनीमाथि कानुन अनुसार कारवाही उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १२:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update