Sagun Khabar
जबरजस्तीकरणी आरोपमा फरार रहेका डोटीका एक युवक पक्राउ 

डोटी –डोटीमा जबरजस्तीकरणी गरेर फरार भएका युवक आमाको किरियापुत्री बसेको अवस्थामा पक्राउ परेका छन् । 

आर्दश गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाललाई प्रहरीले पक्राउ गरेको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भीमलाल भट्टराईले जानकारी दिए । रैकालले ३१ भदौमा २० वर्षीया युवतीको घाँटी थिचेर जबरजस्तीकरणी गर्दै ३० हजार रुपैयाँ समेत लुटेको अभियोग लागेको थियो । 

Atrya hospital

फरार रहेका आरोपी रैकाललाई आइतवार दिउँसो इलाका प्रहरी कार्यालय आर्दशको टोलीले पक्राउ गरेको डीएसपी भट्टराईले बताए ।

भट्टराईकाअनुसार घटनापछि फरार भएका रैकाल शनिवार राति आमाको मृत्यु भएपछि दाहसंस्कारका लागि आइतवार बिहान मात्र घर आएका थिए । आमाको दाहसंस्कार सकेर किरियापुत्री बसेको अवस्थामा रैकाललाई प्रहरीले पक्राउ गरेको हो । 
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update