Sagun Khabar
बैतडीको पाटन नगरपालिकाले कृषि संकलन केन्द्र संचालन गर्ने

बैतडी- बैतडीको पाटन नगरपालिकाले ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजको सुरक्षित भण्डारण र बजारीकरण गर्ने उद्देश्यले नगरपालिकाको वडा नम्बर ८ खोडपेमा कृषि संकलन केन्द्र संचालन गर्ने भएको छ ।गाउँका किसानले खेती हुने जमिनको आधारमा उत्पादन गरेका कृषि उपज कृषि संकलन केन्द्रमा सकंलन गरेर बजारसम्म पठाउन सहयोग पुगोस् भन्ने हेतुले सकंलन केन्द्र संचालन गर्न लागेको नगरपालिकाले जनाएको छ ।

 

Atrya hospital

पाटन नगरपालिकाको वडा नम्बर ८ ९ र १० आलु सहित तरकारी र फलफूलको लागि कृषि पोकेट क्षेत्र जस्तै मानिने भएकाले पाटन नगरपालिकाको वडा नम्बर ८ खोडपेमा कृषि संकलन केन्द्र संचालन गर्दा स्थानीय कृषकलाई राम्रो लाभ हुने अपेक्षा गरिएको पाटन नगरपालिका वडा नम्बर ८ का स्थानीय ओखलेश्वर कृषक समुहका कृषक तथा जिल्ला समन्वय समिति सदस्य प्रेम सिँह भाट बताएका छन ।

नगरपालिकाले कृषि उत्पादन हुने वडाका कृषि उपज बिक्री वितरण र विनिमय गर्ने वाताबरण बनाइने र कृषि उपज आफुले स्वयम बिक्रि गर्न नसक्ने किसानलाई राहात हुने लक्ष्यका साथ कृषि संकलन केन्द संचालन गर्ने बताएको छ । कृषि उपज उत्पादन हुने तर विक्री गर्दा को समस्या हल गर्न नगरपालिकाले  कृषि संकलन केन्द्र संचालनमा ल्याउउनु पर्ने संगै कृषकहरुलाई समयमा कृषि प्राबिधिक र सिचाइ सुबिधाको ब्यवस्था गर्न स्थानीयहरुको माग रहेको स्थानीय कृषक तथा सरस्वती मा बि सल्लेबासाका शिक्षक गंगा दत्त अवस्थी बताए ।

नगरपालिकाले किसानलाई व्यवसायीकरुपमा कृषि पेशामा प्रोत्साहित गर्नका लागि कृषि उपज संकलन केन्द्रको अवधारणा अघि सारिएको हो। कसैको उत्पादन खेर गइरहेको छ, कसैले अर्गानिक तरकारी किनेर पनि खान पाइरहेको छैन्न यही समस्या हल गर्न कृषि संकलन केन्द्र संचालन गर्न थालिएको पाटन नगरपालिकाका नगर उप प्रमुख कमल सिँह बोहराले बताए । कृषि उपज संकलन केन्द्र भन्नाले उत्पादन क्षेत्रबाट कृषि उपज खरीद गरी वा संकलन मात्र गरी उपभोक्तालाई सोझै वा अन्य व्यापारी र व्यवसायीक प्रतिस्ठानहरुलाई बेच बिखन गर्ने उद्देश्यले संचालित स्थल भन्ने बुझिन्छ । कृषि प्रधान देशमा कृषकलाई आत्मनिर्भर बन्न सहयोग गर्न कृषि संकलन केन्द्र संचालन गर्नु कृषकको लागि निकै लाभदायक रहेको कृषि बिज्ञहरुले बताउने गरेका छन ।

 

 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update