Sagun Khabar
सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा खर काट्ने काम सुरु

बैतडी- बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा खर काट्ने काम सुरु भएको छ । स्थानीय भाषामा (गाजेऔ) भनिने हरियो घासँ हिउँदमा गाईवस्तुहरुलाई खुवाउनका लागि काटेर थुपार्ने चलन अनुसार खर काट्ने काम सुरु भएको दशरथचन्द नगरपालिका एक श्रीखण्ड का स्थानीय शान्ति भट्टले बताए ।

सुदुर पहाडमा खर काट्ने काम सुरु भए संगै भीर पाखामा भएका खरफागलाहरुमा खर काट्दा जोखिम पनि उत्तिकै हुने र  खर काट्ने क्रममा लडेर बर्षेनी धेरैले जनाले अकालमै ज्यान समेत गुमाउने गरेका छन्  । अहिले पहाडी जिल्लाका प्रत्येक ठाउँमा खर काट्ने काम सुरु भए संगै आफुहरु बिहानदेखि बेलुकासम्म खर काट्ने काममा व्यस्त रहेका दशरथचन्द नगरपालिका एक श्रीखण्ड का स्थानीय भट्टले बताउनु भयो। हिउँदको समयमा घरपालुवा बस्तुभाउहरुलाई खुवाउनका लागि खर काटेर थुपार्ने चलन अनुसार अहिले बैतडी दार्चुला , बझाङ लगायतका सुदुरपहाडका जिल्लामा जिल्लाभरी नै खर काट्ने काम सुरु भए पछि कामको चटारो बढेको छ ।

Atrya hospital

 

सुदूरपश्चिमका पहाडी जिल्लाका महिलाहरुले हिउँदमा वस्तुभाउलाई खुवाउनका लागि असोज कार्तिकमा खर काटेर थुप्रो बनाउने गरेका छन् । यो समयमा काटेर कुन्युमा थुप्रो बनाएको खरलाई हिउँदको समयमा गाईवस्तुलाई खुवाउने गरिन्छ ।  असोज पहिलो सातादेखि नै खर काट्ने क्रम शुरु हुने भए पनि यो बर्ष लगातार वर्षा भैरहेका कारण केही ठाउँमा खर काटने काम सुरु नभए पनि सुदुर पहाडका अधिकांश ठाउँमा भने खर काटने काम सुरु भए संगै अहिले गाउँघरका महिला र पुरुषहरुले खर काट्ने गरेको दशरथचन्द नगरपालिका एकका स्थानीय मणिलेक मा बि का प्रधानाध्यापक केशव दत्त भट्टले बताए । असोज लागे संगै हिजोआज गाउँघरमा कामको व्यस्तता पनि बढन थालेको छ । खेतीपातीसंगै खर काट्ने काम सुरु भए पछि गाउघरमा अहिले कामको चाप बढेको स्थानीयहरुले बताउने गरेका छन ।

 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update