Sagun Khabar
यस वर्ष विजयादशमीको शुभसाइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा

काठमाण्डौ – यस वर्ष विजयादशमीको शुभसाइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटका लागि उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान ८ बजेर ३३ मिनेटदेखि देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

विजयादशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उहाँले बताउनुभयो । यस वर्षको नवरात्र अर्थात दशैँ यही असोज १७ गते बिहीवारदेखि शुरु हुँदैछ । त्यस दिन बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको समितिले जनाएको छ ।

Atrya hospital

साथै असोज १८ गते शुक्रवार झण्डा फर्ने (पश्चिम मोहडा) ९ः१४ बजे, असोज २२ गते मङ्गलवार पचलीभैरव यात्रा, असोज २४ गते बिहीवार फूलपाती र श्री तुलजाभवानी यात्रा बिहान ७ः११ बजे र स्थिरासन बिहान ८ः४३ बजे साइत रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update