Sagun Khabar
प्रधानमन्त्री ओली अमेरिकामा : ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच  द्विपक्षीय भेटवार्ता हुने
Atrya hospital

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओली गएराति न्यूयोर्क पुग्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई जोनएफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेललगायतले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओलीले भोलि समिट अफ द फ्यूचर’ सम्मेलनलाई र असोज १० मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैगरी उहाँले महासभामा सहभागी विभिन्न देशका प्रतिनिधि तथा विकास साझेदारसँग ’साइडलाइन’ वार्ता गर्नुहुनेछ । न्यूयोर्कमा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच पनि द्विपक्षीय भेटवार्ता हुने भएको छ । दुई प्रधानमन्त्रीबीच भेटवार्ताका लागि यसअघि नेपाली पक्षले विभिन्न तहबाट पहल गदै आएको थियो । 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update