Sagun Khabar
दार्चुलाको मालगाउँ पुग्यो छानबीन टोली 

दार्चुला –महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुलामा रहेको गृह मन्त्रालयको टोली शुक्रबार नेपालतर्फको घटनास्थल पुगेको छ ।

बिहीबार भारततर्फको घटनास्थल निरीक्षण गरेर फर्किएको टोली आज व्याँस गाउँपालिका– २ मालगाउँ गएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले नेपालतर्फबाट स्थलगत निरीक्षण र पीडित परिवार भेट्ने योजनासहित छानबिन टोली मागाउँ गएको बताए । टोली हेलिकप्टर मार्फत मालगाउँ गएको हो । 

Atrya hospital

बिहीबार गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली दार्चुलाबाट धारचुला भारत हुँदै गस्कु–मालघाट पुगेको थियो । एसएसबीसहित घटनास्थल पुगेको समितिले तुइन बाँधिएको रूखको नापजाँच लिएको थियो । 

यसअघि जिल्लाबाट खटिएको अनुसन्धान टोलीले दिएको विवरणअनुसार घटनास्थलको निरीक्षण गरिएको अनुगमन समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन् । महाकाली तर्न नेपालतिर काठको खम्बा गाडिएको छ भने भारततर्फ टुडीको रूख छ। तर दुवैतर्फ तार नरहेको बताइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  १६:४७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update