Sagun Khabar
बझाङको सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता 
Atrya hospital

बझाङ — बझाङमा ट्याक्टर दुर्घटना भएको छ । दुर्गाथली गाउँपालिको झनाना बजार नजिकै आज बिहान ट्याक्टर दुर्घटना हुँदा सेतीमा खसेर २ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

पाँच जना सवार ट्याक्टरबाट तीन जना हामफालेर जोगिएका छन् भने दुई जना ट्याक्टरसँगै सेतीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । हामफाल्दा घाइते भएका तीन जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update