Sagun Khabar
तुइन घटना छानबिन गर्न गएको टोलीविरुद्ध दार्चुलाको मालघाटमा नाराबाजी
Atrya hospital

दार्चुला –साउन १५ गते जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटनाबारे छानबीन गर्न मालघाट पुगेको टोलीविरुद्ध स्थानीय र नेकपा विप्लव समूहले नाराबाजी गरेका छन् । भारतको बाटो भएर घटनास्थल पुगेको भन्दै करिब ३० जनाको समूहले महाकाली नदी किनारबाट नाराबाजी गरेको अखिल क्रान्तिकारी विद्यार्थी युनियन दार्चुलाका अध्यक्ष भुवन जोशीले बताए । 

भारतीय पक्षले घटना लुकाउने प्रयास गरिरहेका बेला नेपाली छानविन टोली भारतको बाटो भएर गएको भन्दै नाराबाजी गरिएको उनले बताए ।  ‘नेपाल र नेपालीको सुरक्षा गर्न नसक्ने सरकार राजीनामा दे, नेपाल र नेपाली माथिको हिंसा बन्द गर’ लगायतका नारा लगाएको अध्यक्ष जोशीले बताए । 

व्याँस गाउँपालिका–२ का मालका ३३ वर्षीय जयसिंह धामी सदरमुकाम आउने क्रममा महाकाली नदीमा बेपत्ता भएका थिए । 
 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १९:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update