Sagun Khabar
सुदूरपश्चिम सरकारले सोमबार बजेट ल्याउने

कैलाली –सुदुरपश्चिम प्रदेश सरकारले सोमबार बजेट ल्याउने भएको छ ।

चालु आर्थिक बर्षको बजेट यही भदौ ३१ गते सोमबार ल्याउने तयारी भएको प्रदेश सरकारले जनाएको छ । आज कैलालीको धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले गत असार १ गते सदनमा प्रस्तुत भएको बजेटमा सामान्य हेरफेर गरेर बजेट ल्याउने तयारी गरेको बताए ।

Atrya hospital

प्रदेश सरकारले निर्धारण गरेका ४ ओटा आधारभित्रै रहेर बजेटको तयारी भएको मुख्यमन्त्री शाहले बताए । उनले संवैधानिक र कानुनी प्रक्रियामा रहेर बजेट आउने दाबी गरे । 

प्रदेश सरकारले २५ लाख भन्दामाथि सिलिङ कायम गरी बजेट विनियोजन गर्ने, आवश्यकता र आौचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजनासहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने आधार तय गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update