Sagun Khabar
सुनको भाउ तोलामा तीन हजार बढ्यो, सुनको मूल्यमा नयाँ रेकर्ड कायम  
Atrya hospital

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ५३ हजार तीन सय रुपैयाँ रहेको थियो । यसअघि अस्ति बुधवार सुनको भाउले तोलाको एक लाख ५३ हजार चार सय रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि एकैदिन  तोलामा ६५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलामा एक हजार आठ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार सात सय ९५ रुपैयाँ थियो ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update