Sagun Khabar
दार्चुला तुइन प्रकरण : मालघाट गएको छानबिन टोली फर्कियो

दार्चुला –दार्चुलाको व्याँस गाउँपालिका २ मालघाट तुइन घटनाका बिषयमा अध्ययन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको टोलीले घटनास्थलको अनुगमन गरेर फर्किएको छ । बिहीबार विहान भारतको धारचुला हुँदै घट्ना स्थल गस्कु गएको टोलीले घटनास्थलको अध्यन गरेर फर्किएको टोलीका सदस्य एवं दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन । 

गृह मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोलीले घटनास्थल पुगेर त्यहाँको वस्तुस्थिति ल्याएर फर्किएको सहायक प्रजिअ जोशीले बताइन् । समितिले भारतीय एसएसबी र स्थानीयले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिएको बताइएको छ । टोलीले अध्ययनका लागि घटनास्थलतर्फ जाँदै गर्दा भारतीय एसएसबी पनि गएका थिए । 

Atrya hospital

छानविन समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् । 

साउन १५ गते ब्याँस गाउँपालिका–२ मालघाटमा तुईन तर्ने क्रममा भारतीय एसएसबीले तुईन काटीदिदा स्थानीय  जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । जयसिंह धामी अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य जारी छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update