Sagun Khabar
बैतडीकी देवकी उत्कृष्ट महिला जुनियर खेलाडी

बैतडी–बैतडीकी देवकी कुमारी धामी बर्ष उत्कृष्ट महिला जुनियर खेलाडीबाट सम्मानित भएकी छन् । 

राष्ट्रिय खेलकुद परिषद (राखेप)को ६१ औं बार्षिकोत्सवमा धामीलाई बर्ष उत्कृष्ट महिला जुनियर खेलाडीबाट हिजो सम्मानित गरिएको हो । 

Atrya hospital

बैतडीको सिगास गाउँपालिका –२ कोटिला घर भएकी १७ बर्षीया धामीलाई प्रधानमन्त्री केपी ओलीले सम्मान गरेका हुन् । 

शिवलिङ्ग मावि धौलाडी बैतडीमा कक्षा १० मा अध्ययनरत धामीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३ हजार मिटर दौडमा स्वर्ण पदक प्राप्त गरेकी थिइन् । उनलाई एथलेटिक्स विधातर्फ बर्ष उत्कृष्ट महिला जुनियर खेलाडीको रुपमा राखेपले सम्मान गरेको विद्यालयका प्रधानाध्यापक देवसिंह बोहराले बताए । 

सानै उमेरदेखि खेलकुद क्षेत्रमा रुचि राख्ने देवकीले पालिकास्तरीय, जिल्लास्तरीय, प्रदेशस्तरीय प्रतियोगितामा विजेता बन्दै राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक हाँसिल गरेकी थिइन् । धामीले उत्कृष्ट खेलाडी रुपमा सम्मानित हुँदा निकै खुसी लागेको प्रधानाध्यापक बोहराले बताए । उनले भने ‘दुर्गमबाट खेलकुद क्षेत्रमा उदाएकी देवकीले राष्ट्रियस्तरको सम्मान पाउँदा निकै खुसी लागेको छ । यसमा विद्यालय परिवार समेत निकै खुसी भएको छ ।’

राष्ट्रियस्तरको सम्मान पाउँदा निकै खुसी लागेको खेलाडी देवकी धामीले बताएकी छिन् । धामीलाई यसअघि सिगास गाउँपालिकाले समेत ५० हजार नगद पुरस्कारबाट सम्मानित गरेको थियो । 


 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update