Sagun Khabar
नेपालमा सुदूरपश्चिम छ भनेर सरकारले बिर्सियो : राष्ट्रिय सभा सदस्य चन्द

काठमाण्डौं –राष्ट्रिय सभा सदस्य रेणु चन्दले नेपालमा सुदूरपश्चिम पनि छ भन्ने कुरा सरकारले बिर्सिएको बताएकी छिन् ।  उनले अरू प्रदेशका लागि डाक्टर पठन कोटा छुट्टयाए पनि सरकारले सुदूर पश्चिम प्रदेशलाई हेपेको बताएकी हुन् ।

राष्ट्रिय सभा बैठकमा बोल्दै गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई अगाडि बढाउने कुरामा अहिलेको सरकारले पुरै वेवास्ता गरेको उनले बताइन् । 

Atrya hospital

विश्वविद्यालय विधेयक निर्माण प्रक्रियामा ढिलाई किन भइरहेको भन्दै उनले प्रश्न समेत गरेकी छिन् । यो बिषयमा उनले सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण समेत गराएकी छिन् । 

बैतडी घर भएकी राष्ट्रिय सभा सदस्य चन्दले सरकारलाई सुदूरपश्चिम प्रदेश पनि छ भनेर सम्झना गर्न आग्रह गरेकी छिन् । 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update