Sagun Khabar
सांसद डीबी केसी कारागार चलान

लुम्बिनी प्रदेशका सांसद धनबहादुर डीबी केसी ले आत्मसमर्पण गरेका छन्। आइतवार रुकुम पूर्व जिल्ला अदालत पुगेर कांग्रेस सांसद केसीले आत्मसमर्पण गरेका हुन्। उनलाई आइतवार नै कारागार चलान गरेको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एसएसपी माधव श्रेष्ठले सांसद केसीलाई अदालतमा उपस्थित गराइएको र आइतवार नै उनलाई कारागार चलान गरेको जानकारी दिए।

रुकुम पूर्व १ (ख) बाट निर्वाचित धनबहादुर केसीलाई जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाए पनि सजाय भुक्तान नभएको पत्र प्रहरीलाई पठाएपछि फरार रहेका थिए। २०४८ सालमा रुकुम जिल्ला अदालतमा चलेको सरकारी कागजात किर्तेको मुद्दामा केसीलाई दोषी ठहर गरिएको थियो।

Atrya hospital

 

सुरुमा १९ दिन थुनामा बसे पनि पछि केसी अदालतको आदेश बमोजिम धरौटी बुझाएर रिहा भएका थिए।  पछि अदालतले दोषी ठहर गरेपछि जरिवानाको रकम धरौटीबाट लिइएको भए पनि उनले कैद सजाय भुक्तान गर्न बाँकी नै थियो।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update