Sagun Khabar
परराष्ट्रमन्त्री राणाको प्रतिबद्धता – राजदूत नियुक्तिलाई समावेशीता
Atrya hospital

परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाउने प्रतिबद्धता जनाउनुभएको छ । संसदीय सुनुवाइ समितिको आजको बैठकमा सांसदहरूले सरकारले विभिन्न १७ देशका लागि गरेको राजदूत नियुक्ति समावेशी नभएको प्रश्न उठाएपछि परराष्ट्रमन्त्री राणाले आउँदा दिनमा समावेशी बनाउने गरी सरकारले सिफारिश गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आफूले पनि हुनुपर्ने जति समावेशी र समानुपातिक नभएको महसूस गरेको बताउनुभयो ।

 

परराष्ट्रमन्त्री राणाले सरकारले गरेका काममा समितिले सुझाव दिएपछि नै सच्चिने अवसर पाउने बताउनुभयो । राजदूत सिफारिशका लागि आफूले मुस्लिम र दलित समुदायको प्रतिनिधित्व खोजेको भए पनि त्योअनुसार नपाएको उहाँको भनाइ छ । मन्त्री राणाले कुनै पनि ठाउँमा निर्णायक पदमा महिलाका लागि निश्चित सीमा तोक्नुपर्ने बताउनुभयो । उहाँले देशमा असमानता, असमावेशीता कायम रहेको भन्दै यसलाई हटाएर लैजान सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update