Sagun Khabar
अत्तरियाबाट धनगढी आउँदै गरेको मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना भएको छ।

 

Atrya hospital

जिल्लाको गोदावरी नगरपालिका–१  मा रहेको अत्तरियाको विद्युत कार्यालय नजिक अत्तरिया–धनगढी सडक खण्डमा अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ९९९८ नम्बरको मोटरसाइकल गएराति ९ः३० बजेको समयमा आफै अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको हो। मोटरसाइकल पल्टिदा चालक गम्भिर घाईते भएका थिए।

उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढी ल्याइएकोमा रातिनै १०ः२५ बजे चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चालकको नामथर, वतन अहिलेसम्म नखुलेको प्रहरीले बताएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update