Sagun Khabar
नेपाल  हेभि इक्विपमेन्ट अपरेटर संघ बैतडीको प्रथम जिल्ला आमसभा सम्पन्न

बैतडी - नेपाल  हेभि इक्विपमेन्ट  अपरेटर संघ बैतडीको प्रथम जिल्ला आमसभा  २०८१  सम्पन्न भएको छ । "देश बिदेश जहाँ रहाै हामी सबै एक हाै , नेपाल हेभि ईक्विपमेन्ट अपरेटर संघकाे आह्वान  तिब्र गतिमा राष्ट्र निर्माण हाम्रो अभियान" भन्ने मुल नाराका साथ जिल्लाकाे पाटनमा शुक्रबार आमसभा सम्पन्न भएको हाे ।

संघका अध्यक्ष भरत प्रसाद भट्टकाे सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पाटन नगरपालिकाका नगर प्रमुख गाैरि सिह रावल, बिशिस्ट अतिथि नगर उपप्रमुख  तथा निर्माण ब्यबसायी संघका बरिस्ठ उपाध्यक्ष कमल सिँह बाेहरा र वडा न ६ का वडा अध्यक्ष राजेन्द्र सिँह बिष्ट रहेका थिए। 

Atrya hospital

बिकास निर्माणका क्षेत्रमा अपरेटर हरुकाे महत्त्वपूर्ण भुमिका रहेकाले स्थानीय सरकारले पनि अपरेटरहरुकाे सुरक्षा तथा  सँरक्षण गर्नुपर्ने  संघका अध्यक्ष भरत प्रसाद भट्टले बताए । यस्तै कार्यक्रममा बाेल्दै नगर उप प्रमुख कमल सिँह बाेहराले अपरेटर र सह अपरेटरहरुकाे पारिश्रमिककाे सुरक्षा सहित पिडित परिवारलाई सहयोगमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन ।

अपरेटर र सह अपरेटरहरुकाे समेत उपस्थिति रहेकाे उक्त कार्यक्रममा संघका अध्यक्ष भट्टले अपरेटर, सह अपरेटर हरुकाे ज्यानकाे सुरक्षा र पारिश्रमिककाे सुरक्षामा निर्माण व्यावसायिहरुले ध्यानदिनुपर्ने र निमार्ण व्यावसायिहरुले नेपाल  हेभि इक्विपमेन्ट  अपरेटर संघ बैतडी सँग  सम्झौता गरेर मात्र अपरेटर, सह अपरेटरहरुलाई काममा लगाउन पर्ने बताए । जिल्ला सम्मेलन सम्पन्न पश्चात्  अब इक्विपमेन्ट  अपरेटर संघको प्रदेश सम्मेलन कात्तिक ५ गते गर्ने तयारी रहेकाे संघका अध्यक्ष भट्टले बताए । 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update