बैतडी- बैतडीको दशरथचन्द मा.बि सुन्दरखालीमा शैक्षिक प्रर्दशनी तथा तिज बिषेस कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । हिन्दु महिलाहरुको महान पर्व हरितालीका तिजको अवसर पारेर बिहिबार (आज) दशरथचन्द माबि सुन्दरखालीको आयोजना तथा दशरथचन्द नगरपालिका वडा न. ५ को प्रायेजनमा उक्त कार्यक्रम सम्पन्न भएको दशरथचन्द मा.बि सुन्दरखालीका प्रधानाध्यापक नरेन्द्र बहादुर चन्दले बताए ।
बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष पार्वती चन्दको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नबिनचन्द्र पाण्डेय रहेका थिए । कार्यक्रममा बिशिष्ट अतिथी वडा न ५ का वडा अध्यक्ष केशब राज लेखक,नगर स्तरिय योजना आयोगका उपाध्यक्ष नरेश पाण्डेय, महिला शक्ति केन्द्रका अध्यक्ष देबु ठगुन्ना, जिल्ला अपाङ्ग संघ बैतीका उपाध्यक्ष लक्ष्मी बिष्ट,पतञ्जली योग समिति बैतडीका अध्यक्ष दुर्गादत्त जोशी,नेपाल बिद्युत प्रधिकरण बैतडी बितरण केन्द्रका प्राबिधिक प्रमुख माधव प्रशाद लेखक,चमेलिया जलबिद्युत आयोजना बलाच दार्चुलाका स्टोर प्रमुख सरस्वती लेखक लागायत बिभिन्न सघं सस्था तथा कार्यालयका प्रतिनिधि तथा अभिभावकहरुको उपस्थीति रहेको कार्यक्रम शिक्षक पुष्पा जोशीले सञ्चालन गर्नु भएको थियो ।
स्थानिय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष पार्वती चन्दले घागरो र चोलोको पनि संरक्षण गर्नु पर्ने बताइन् । यस्तै दशरथचन्द माबि सुन्दरखालीका कक्षा ८ का बिद्यार्थीहरुले छलिया नृत्य,बिद्यार्थीहरुको सैद्धान्तिक ज्ञानलाई प्रयोगद्धारा देखाउन बिद्यार्थीहरुले बिभिन्न ज्ञानका सामाग्री हलो, मदानी,ठेकी,माटोका सामाग्री निर्माण गरी प्रदर्शन गरिएको प्रधानाध्यापक चन्दले बताए । एम.जे.सी एकेडेमी बैतडीका बिद्यार्थीहरुले पनि आफ्नो प्रस्तुती प्रर्दशन गरेका थिए ।
आउदो असोज २ गते मनाईने शिक्षा दिवसको अवरमा नगरपालिका स्तरीय अन्तर मा बि शैक्षिक प्रर्दशनी लगायत प्रतियोगीतात्मक कार्यक्रमहरुको आयोजनाका लागी पालिकालाई समेत अनुरोध गरिएको चन्दले बताए ।




                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
