Sagun Khabar
हिमालयन लाइफ इन्स्योरेन्स बैतडीद्धारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण

बैतडी- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, उपशाखा बैतडीले मृत्यु दाबी भुक्तानी गरेको छ । मगंलबार  जिल्लाको शिवनाथ गाँउपालिका–०१ स्वालका शेर सिह चाड र बसन्ती चाडकि छोरी रजनी चाडको २ लाँख ७२ हजार ४०० रुपैयाँ मृत्यु दाबी भुक्तानी गरिएको हिमालयन लाइफ इन्स्योरेन्स बैतडीका अप्रेशन इन्चार्ज नवराज पन्तले जानकारी दिए ।

मृतक रजनीको गत असार ८ गते महाकाली नदीमा डुबेर ज्यान गएको थियो ।

Atrya hospital

हिजो मेलौलीमा रहेको मणिलेक माबिमा भएको अभिकर्ता भेटघाट तथा अन्तरक्रृया कार्यक्रममा मृतक चाडकि आमालाई उपशाखा प्रमुख बिर्खराज जोशीले चेक हस्तान्तरण गरेका हुन् । मृतक चाडको ३ बर्ष पहिला हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, उपशाखा बैतडीमा २ लाँख ४० हजार बिमाङ्क गरिएको अप्रेशन इन्चार्ज नवराज पन्तले जानकारी दिए । 

मृत्यु दाबी भुक्तानी कार्यक्रममा उपशाखा प्रमुख जोशी, क्षेत्रीय उप–प्रमुख टेकराज आर्चाय, मणिलेक माविका प्रधानाध्यापक देवदत्त कलौनी र अभिकर्ता   सुरत पार्की लगायतको सहभागिता रहेको इन्चार्ज पन्तले बताए ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update