Sagun Khabar
रास्वपाका सुदूरपश्चिम महामन्त्री बाहुन बर्खास्त 

कैलाली –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदूरपश्चिम महामन्त्री पारस बाहुन बर्खास्त भएका छन् । 

रास्वपा सुदूरपश्चिम कार्यसमितिका सभापति प्रकाश विष्टले एक विज्ञप्तिमा जारी गर्दै बाहुन पदमुक्त भएको जनाएका हुन् । उनलाई बिहीबार पदमुक्त गरिएको हो । बाहुनले नेतृत्वलाई असफल बनाउन भूमिका खेलेको भन्दै पदमुक्त गरिएको सभापति विष्टले बताए ।

Atrya hospital

पछिल्लो समयमा सङ्गठन र नेतृत्वलाई  असफल बनाउने विविध क्रियाकलापहरू गरेको हुँदा सोबारे स्पष्टीकरण सोधिएकोमा उक्त स्पष्टीकरण पत्रको जवाफ सन्तोषजनक नभएको हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको विधान २०७९ को धारा ३० को उपधारा १ को (ग) र दोस्रो संशोधन विधानको भाग ७ धारा २८ उपधारा १ को (ट) बमोजिम मिति २०८१÷५÷१३ गते बिहीबारका दिनदेखि प्रदेश महामन्त्री पदको जिम्मेवारीबाट मुक्त गरिएको जारी विज्ञप्तिमा लेखिएको छ । 

कारवाही गर्नुअघि प्रदेश समितिले २१ बुँदे कारण देखाउँदै ७२ घण्टे स्पष्टीकरण सोधेको थियो । महामन्त्री बाहुनले पनि भदौ ११ गते नै २१ बुँदे जवाफ फर्काएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update