Sagun Khabar
राष्ट्रपतिबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन् । 

राष्ट्रपति पौडेलले सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक आज प्रमाणीकरण गरेको  राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Atrya hospital

गएको साउन ३० गते प्रतिनिधिसभाबाट पारित भएको विधेयक भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो । यो विधेयकलाई नेपालको शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने अन्तिम खुड्किलोका रूपमा महत्त्वपूर्ण मानिएको छ ।

bigyapti-rt-1724932723.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update