Sagun Khabar
कैलालीबाट नेकपा बहुमतका ६ जना पक्राउ 

कैलाली –प्रहरीले नेकपा बहुमत निकट ६ जनालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अत्तरियास्थित प्रतिभा पुस्तकालयमा बैठक बसीरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो । 

Atrya hospital

सुदूरपश्चिम बिद्यार्थी कमिटीको बैठक बसिरहेका बेला प्रहरीले धरपकड गरेको सो पार्टीका कञ्चनपुर इन्चार्ज हरिश दयालले बताए ।

प्रहरीले पक्राउ गर्नुको कारण खुलाएको छैन् भने उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update