Sagun Khabar
महेन्द्रनगरबाट काठमाण्डौंका लागि छुटेको बस मुग्लिङ–नारायणगढ सडकखण्डमा दुर्घटना,१० जना घाइते  
Atrya hospital

काठमाण्डौ – मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा आज बिहान बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाण्डौका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस बिहान सवा सात बजे भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दुर्घटना भएको हो । बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा १० जना घाइते भएका र उनीहरुको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार उपचार भइरहेकामध्ये दुई जनाको अवस्था गम्भीर छ । दुर्घटनापछि घुमाउनेमा बाटो एकतर्फी भएको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update