Sagun Khabar
रामेछापको लेकखर्कमा पहिरोमा पुरिएर दुई जनाको मृत्य, ८ जना बेपत्ता 

काठमाण्डौ – रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेकखर्कमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । आठ जना हराइरहेका छन् ।

गएराति १० बजेतिर झरेको ठूलो पहिरोले छ वटा घर बगाएको गाउँपालिकाका उपाध्यक्ष खमला थापामगरले जानकारी दिए । चण्डिका थापामगर र एउटा बालकको शव भेटिएको छ । अरू आठ जना हराइरहेका उनले बताए । 

Atrya hospital

पहिरोले पाँच वटा घर बगाएर अँधेरी खोलामा पु¥याएकाले घरहरु कहाँ पुगे भन्ने थाहा छैन । घरकै नाम निशान नभएकाले हराइरहेका मानिस खोज्न पनि समस्या भएको उपाध्यक्ष थापामगरको भनाइ छ ।

पहिरोपछिको बाढीले एउटा पक्की पुल पनि बगाएको छ । अहिले घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरी पुगेर खोजी शुरु गरेका छन् ।
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update