Sagun Khabar
परराष्ट्रमन्त्री राणाको घर अगाडि शंकास्पद वस्तु फेला, सेनाले डिस्पोज गर्यो 
Atrya hospital

कैलाली –धनगढीमा परराष्ट्रमन्त्री आरजु राणा देउवाको निवास अगाडि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।

धनगढी उपमहानगरपालिका–४ मा रहेको राणा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको थियो । 

एक झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो । बिहान करिब ७ बजे सेनाको टोलीले उक्त वस्तु डिस्पोज गरेको कैलाली प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update