Sagun Khabar
कैलालीमा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु 

कैलाली –कैलालीमा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका–७ महुलियामा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको हो । 

Atrya hospital

५ बर्षीया काजल घर्तीमगर र ६ बर्षीया लिजा घर्तीमगरको सर्पको टोकाइबाट मृत्यु भएको स्थानीय धनीराम घर्तीमगरले बताए । उनीहरुलाई शुक्रबार राति सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो । 

सर्पको टोकाइबाट बालिकाकी हजुरआमा मेनुका घर्तीमगर घाइते भएकी छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

यस्तै कैलालीको अत्तरियामा सर्पले टोकेर एक बालक घाइते भएका छन् । 

जिल्लाको गोदावरी नगरपालिका–१ वनखेतका १४ वर्षीय सागर गिरिलाई सर्पले टोकेर घाइते बनाएको हो । 

उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update