Sagun Khabar
आचार्य कृष्ण दमाईलाई धनगढी उपमहानगरको सम्मान, जागीर पनि दिने 

कैलाली –धनगढी उपमहानगरपालिकाले आचार्य कृष्णबहादुर दमाईलाई सम्मान गरेको छ ।

शनिवार एक कार्यक्रमको आयोजना गरी उपमहानगरले आचार्य दमाईलाई सम्मान गरेको हो । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आचार्य दमाईलाई सम्मान पत्र र एक लाख ५१ हजार नगदसहित सम्मान गरेका हुन् ।  आचार्य दमाईलाई बाजागाजासहित नगर सभा हलमा नगर प्रमुख हमाल, कार्यपालिका सदस्य र कर्मचारीहरूले स्वागत समेत गरेका थिए । 

Atrya hospital

यस्तै आर्थिक अभाव खेपिरहेका दमाइलाई धनगढी उपमहानगरपालिकाले जागीर दिने भएको छ । नगर प्रमुख हमालले दमाइले जागीर पाए जीवनयापन गर्न सहज हुने बताएकाले काम दिने बताएका हुन् । नगर प्रमुख हमालले शिल्पी समुदायबाट आचार्य उपाधी हासिल गरेका दमाइलाई आर्थिक समस्या भएको थाहा पाएर सम्मानसहित नगद सहयोग गरिएको बताए ।

उनले आचार्य दमाईले चाहेको बखत धनगढी उपमहानगरपालिकामा जागीर गर्न आउन आग्रह गरेका छन् । बैतडीको शिवनाथ गाउँपापालिका पुख्र्यौली घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्दै आएका दमाइले नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा आचार्य गरेका छन् । शिल्पी समुदायबाट संस्कृतमा आचार्य पास गर्ने दमाई नेपालकै पहिलो व्यक्ति हुन् ।

सम्मान कार्यक्रममा बोल्दै आचार्य दमाइले सनातन धर्मको रक्षाका लागि सबै समुदायले विभेद त्यागेर अगाडि बढ्नुपर्ने बताए । उनले सनातन धर्मको रक्षाका लागि काम गर्ने बताए ।
 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update